birat ribon

रोमाविरुद्ध टोटनहमको सहज जित

Neuro
रोमाविरुद्ध टोटनहमको सहज जित

कोशी अनलाइन
साउन १०, मोरङ, अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गतको आजको खेलमा इटालियन एएस रोमाविरुद्ध टोटनहमले सहज जित निकालेको छ ।

cura insider

बिहिबार बिहानै भएको खेलमा इंग्लिस क्लब टोटनह्यामले रोमामाथि ४–१ को जित निकालेको हो । क्यालिफोर्नियामा भएको खेलमा टोटनहमलाई सहज जित दिलाउन फर्नान्डो लोरेन्टे र लुकास मोउराले समान दुई गोल गरे ।

रोमाका प्याट्रिक सेकले एक गोल गरे । टोटनहमले रोमाले लिएको सुरुवाती अग्रता उल्टाएर जित हासिल गरेको हो । तेस्रो मिनेटमा प्याट्रिकले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको नवौं मिनेटमा लोरेन्टेले बराबरी गोल फर्काए । १८ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ मा ल्याए । २८ औं मिनेटमा पहिलो गोल गरेका मुराले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ४–१ को सहज जित दिलाए ।

jackson ribon