birat ribon

एसी मिलानमाथि म्यानचेस्टर युनाइटेडको जित

Neuro
एसी मिलानमाथि म्यानचेस्टर युनाइटेडको जित

कोशी अनलाइन
साउन १०, मोरङ, अमेरिकामा जारी इन्टरनेशनल च्याम्म्पियनस कप फुटबल अन्तर्गत इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले एसी मिलानलाई हराएको छ । बिहीबार भएको खेलमा युनाइटेडले इटालियन क्लब एसी मिलानलाई सडन डेथमा ९–८ गोल अन्तरले हराएको हो ।

cura insider

आज भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । तर, टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथअन्तर्गत युनाइटेडले जित निकालेको हो ।
एसी मिलानका फ्रान्च्क केस्सीले पेनाल्टीमा गोल गर्न नसक्दा युनाइटेडले जित निकालेको हो ।

यसअघि खेलको १२ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १५ औं मिनेटमा एसी मिलानका सुसोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

jackson ribon