birat ribon

विराटनगरका घरघरमा पाइपबाट ग्यास पुर्याइँदै

Neuro
विराटनगरका घरघरमा पाइपबाट ग्यास पुर्याइँदै

कोशी अनलाइन
साउन १०, मोरङ, प्रदेश नं १ को स्थायी राजधानीका लागि पहल भइरहेको विराटनगरको वडा नं १४ मा अब घरघरमा पाइपबाट ग्यास पुर्याइने भएको छ । हाल विराटनगर १४ वडाभरी पाइपबाट ग्यास पुर्याउनका निमित्त पाइप विछ्याउने काम धमाधम भइरहेको छ ।

cura insider

करिब डेढ वर्षअघिबाट सुरु भएको यो यो प्लान्टको काम अहिले पनि धमाधम भइरहेको छ । विरानगरको श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीका लागि घरघर पुर्याइन लागेको हो ।

जिल्ला समन्वय समिति ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको चुलोसम्म ग्यास पुर्याइन लागेको हो । उनका अनुसार सो कार्यका लागि पाइप लाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको र ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएको छ ।

उनका अनुसार प्लान्टवाट पहिलो चरणमा ३५ घरमा ग्यास पाइपबाट चुलोसम्म र्पुयाउने योजना रहेको छ । उनले भने, ‘एक साता भित्रै पहिलो चरणमा ३५ घरमा पाइपबाट ग्यास वितरण गरिने छ, त्यसपछिका दिनमा थप १ सय घरमा ग्यास र्पुयाउने योजना अनुरुप काम अघि बढाएका छौ ।’
गौशालामा २ सय ५ गाई छन् । ती गाईबाट निस्कने दैनिक २ हजार केजी गोबरमार्फत् वायोग्यास उत्पादन गरि गौशालाका व्यवस्थापक मोहितचन्द्र यादव बताउँछन् ।

jackson ribon