birat ribon

नेपालद्वारा इस्ट लण्डन २ सय २३ रनले पराजित, नेपालको यो दोस्रो जित

Neuro
नेपालद्वारा इस्ट लण्डन २ सय २३ रनले पराजित, नेपालको यो दोस्रो जित

कोशी अनलाइन
साउन १०, मोरङ, तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले इस्ट लण्डनमाथि जित निकालेको छ । युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले इस्ट लण्डनलाई २ सय २३ रनले पराजित गरेको हो ।

cura insider

लर्डस्मा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध डेब्यु एक दिवसीय क्रिकेट खेलको अभ्यासका लागि नेपालले इंग्ल्यान्डका स्थानीय क्लबसँग अभ्यास खेल खेलिरहेको हो । तीन खेल खेल्दा पहिलो र तेस्रो खेलमा जित निकालेको छ भने दोस्रो खेलमा हार व्यहोरेको नेपालले अब एक अभ्यास खेल खेल्न बाँकी छ ।

नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन–११ ले ३८ ओभर ५ बलमा १ सय १५ रनमा समेटिदै पराजय भोगेको हो ।
नेपालका लागि अनिल कुमार शाहले १ सय ३१ र शरद भेष्वाकरले ९८ रनको योगदान बनाएपछि निर्धांरित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो ।

jackson ribon