birat ribon

लिभरपुलका लागि सालाह र मानेले गोल गरेपछि म्यानचेस्टर २–१ ले पराजित

Neuro
लिभरपुलका लागि सालाह र मानेले गोल गरेपछि म्यानचेस्टर २–१ ले पराजित

कोशी अनलाइन
साउन १०, मोरङ, अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गतको आजको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । इंग्लिश प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीलाई हराउँन लिभरपुलका स्टारद्वय मोहम्मद सालाह र साडियो मानेले समान एकएक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफको ५७ औं मिनेटमै गोलको खाता खोलेको थियो । सिटीका सिल्भाको पासमा लेरियो सानेले गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।

cura insider

तर, खेलको ६३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई २ – १ को जित दिलाए ।

त्यस्तै अर्को खेलमा बोरुसिया डर्टमुण्डले प्रतियोगितामा पहिलो हार बेहोरेको छ । पिट्सबर्गमा सम्पन्न खेलमा डर्टमुण्ड पोर्चुगिज क्लब बेनफिकासँग पेनाल्टी शुटआउटमा ४–३ ले पराजित हुन पुगेको हो । यसअघि नियमित समयतर्फको खेल दुवै टोलीले २–२ को बराबरी खेलेका थिए ।

डर्टमुण्डको यो पहिलो हार समेत हो । यसअघि उसले इङलिस च्याम्पियन म्यानचेष्टर सिटी र लिभरपुललाई पराजित गरेको थियो ।

jackson ribon