birat ribon

मितेरी बैंकले सुरु गर्यो सामाजिक सुरक्षा भत्ता वितरण, अशक्तका लागि घरमै पुर्याइने

Neuro
मितेरी बैंकले सुरु गर्यो सामाजिक सुरक्षा भत्ता वितरण, अशक्तका लागि घरमै पुर्याइने

कोशी अनलाइन
मदन अधिकारी
साउन १०, सुनसरी, सुनसरीको प्रकाशपुरमा भर्खरै सेवा आरम्भ गरेको मितेरी डेभलोपमेन्ट बैंकले साविक प्रकाशपुर गा.वि.स.को सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।

cura insider

स्थानीय तहको संरचना तयार भएसंगै सामाजिक सुरक्षालाई समेत बैंकिङ् प्रणालीबाट भुक्तानी दिने प्रवधान आएको थियो । यस्तो प्रावधान आएपनी प्रकाशपुरमा भने विस्वसनीय र मापदण्ड अनुरुपको बैंक नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको थियो । पछिल्लो समय मितेरीले प्रकाशपुरमा शाखा विस्तार गरी सेवा प्रवाह गर्न थालेपछी भने सोही बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।

यसरी वैंकिङ् प्रणालीबाट भत्ता वितरण गर्दा अति अशक्तलाई समस्या पर्ने विषय पछिल्लो समय चर्चाको विषय बनेको थियो । तथापी सो समस्या समाधानमा बैंक पूर्णरुपमा जानकार रहेको मितेरीका प्रकाशपुर शाखा इन्चार्ज पदम सुवेदीले बताए ।

शाखा इन्चार्ज सुवेदीले अतिअशक्त तथा बैंकसम्म आउन नसक्ने सेवाग्राहीका लागि कर्मचारीलाई घर घरमै खटाएर भत्ता वितरण गर्ने बताए । उनले सबै सामाजिक सुरक्षा लिने सेवाग्राहीहरु अशक्तनै रहेको बताउँदै सामाजिक सुरक्षा भक्तालाई मुख्य प्राथमिकतामा राखी सेवा चुस्त र दुरुस्त बनाउन समेत बैंक प्रतिवद्ध रहेको बताए ।

यता ९ नं. वडा अध्यक्ष दीपक लिम्बूले अतिअशक्तलाई गाडीकाट बैंकसम्म जाने व्यवस्था मिलाएर वडा कार्यालयले सहजिकरण गर्ने धारणा राखेका छन् । उनले भने हाम्रो वडामा अशक्त व्यक्तिहरु बढी रहेकाले हामी असक्तको घरघरमा गाडी पठाएर भए पनि सेवा दिने लिम्बूले बताए ।

यता १० नं. वडा अध्यक्ष महेन्द्रबहादुर खत्रीले सामाजिक सुरक्षा भत्ता वितरणमा केही ढिलाई हुनु र बैंकीङ् प्रणालीवाट वितरणले सेवाग्राहीमा सामान्य समस्या समेत देखिने बताउँदै सो सहजिकरणमा समेत वडा कार्यालयले भूमीका निर्वाह गर्ने बताए ।

सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि वृद्धवृद्धाहरु समेत हर्षित बनेका छन् । लामो समयको पर्खाइपछि बैंकीङ् प्रणालीबाट भत्ता हात परेपछि उनीहरु खुशी भएका हुन् ।

सधैं गा.वि.स. र वडा कार्यालयबाट आउने भत्ता बैंकबाट आउने सुनेपछी के हो ? कस्तो हो ? भन्ने दोधारमा रहेको बताउँदै उनीहरुले भत्ता हात परेपछी खुशी व्यक्त गरेका हुन् ।

jackson ribon