birat ribon

युभेन्टसद्वारा बायर्न २–० ले पराजित, फाविलीको २ गोल (हाइलाइट्स)

Neuro
युभेन्टसद्वारा बायर्न २–० ले पराजित, फाविलीको २ गोल (हाइलाइट्स)

कोशी अनलाइन
साउन १०, मोरङ, इटालियन क्लब युभेन्टसले जर्मन जायन्ट बायर्न म्यूनिखमाथि सहज जित निकालेको छ । इटालियन च्याम्पियन क्लब युभेन्टसको जितमा आन्द्रे फाविलीले दुई गोल गरेका थिए ।

cura insider

अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन्स कपतर्फ यी दुईबीचको खेलमा युभेन्टसले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफको ३२ औं र ४० औं मिनेटमा युभेन्ट्सका लागि युवा फरवार्ड आन्द्रे फाविलीले गोल गर्दै युभेन्टसलाई विजयी बनाए ।

फाविलीले आज दुई गोल गर्दै युभेन्टसलाई जारी इन्टरनेशनल च्याम्पियन्स कपमा दोस्रो स्थान दिलाएका छन् भने शीर्ष गोलकर्ताका रुपमा आफू उभिएका छन् ।

हाइलाइट्स:

https://www.youtube.com/watch?time_continue=54&v=HBjZU6yYJqw

jackson ribon