fbpx

अर्जेन्टिनाविरुद्धको पाभार्डको गोल विश्वकपको उत्कृष्ट गोल

कोशी अनलाइन
साउन १०, मोरङ, रसिया विश्वकपमा अनेकौं कीर्तिमानीहरु कायम भए भने अनेकौं कीर्तिमानीहरु भंग भए । यस्तै रसिया विश्वकप विजेत फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डको गोल रुस विश्वकप फुटबल कै उत्कृष्ट गोल चुनिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिकको गोललाई पछि पार्दै पाभार्डको गोल रुस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको छ ।

फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो । पभार्डले विश्वकपको अन्तिम १६ को खेलमा अर्जेन्टिनाविरुद्ध आकर्षक गोल गरेका थिए ।

‘मैले उत्कृष्ट गोल गरेर अवार्ड जित्छु जस्तो लागेको थिएन । गोल गर्ने प्रयास गरेको थिए जहाँ म सफल भएँ,’ उनले भने, ‘बल बाउन्स भएर म भएको ठाँउमा आयो । मैले जोडले प्रहार गर्ने कोशिस गरेको थिएँ ।’ सो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

भिडियोः

प्रतिक्रिया

seventeen + fourteen =

Loading...