birat ribon

विद्युत प्राधिकरणको चरम लापरवाही, वर्षौं बित्दासमेत बेवारिसे तार उठेन

Neuro
विद्युत प्राधिकरणको चरम लापरवाही, वर्षौं बित्दासमेत बेवारिसे तार उठेन

कोशी अनलाइन
मदन अधिकारी
साउन ९, सुनसरी, बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० स्थित जुङेचोक शिकारी थान खण्डमा टाङिएको नाङ्गो तारमा हाल विद्युत प्रधिकरणले चरम लापरबाही गरेको छ ।

cura insider

बाटोमा टाङिएको नाङ्गो तारले हाल बाटो हिड्ने बटुवादेखि सवारी चालकसम्म त्रसित भएका छन् । नेपाल सरकारको लगानीमा रहेको यस प्रधिकरणले आफ्नो भौतिक सामनको समेत सुरक्षा गर्न सकेको छैन । अधिकांश पोल ढल्केका तथा तार चुटिएको अवस्थामा रहेको छ ।

त्यति मात्र नभई दिनहुँ तारसमेत चोरी हुन थालेको स्थानीयको भनाइ रहेको छ । स्थानीयले पटक–पटक विद्युत प्रधिकरण शाखा कार्यालय महेन्द्रनगरमा जानकारी गराउँदा आफ्नो कुरा सुनुवाई नभएको नेपाली कांग्रेस गाउँ इकाइ सचिव भेषराज दाहालले बताए । उनले भने, ‘मैंले पटक–पटक विद्युत प्राधिकरण शाखा कार्यालय मेहन्द्रनगर चक्रघट्टिमा जानकारी गराउँदा हाम्रो कुरा सुनुवाइ भएन ।’ उनले थपे, ‘प्रधिकरणको यति मात्र गल्ती नभइ हिडलुवास्थित भित्री बाटोमा टाङिएको नाङ्गो तार बाँसमा परेको छ र तार निकै नुहेको छ जुन सुकै बेला ठूलो घटनासमेत घट्न सक्छ भनी जानकारी गराएपनि हाम्रो कुरा सुनुवाइ भएको छैन् ।’

यसैगरी स्थानीय मधुसुधन चापागाईंले प्रधिकरणको यस्तो लापरबाहीले यस क्षेत्रमा ठूलो क्षति हुनेतर्फ इङ्कित गर्दै प्रधिकरणकै लापरबाहीले तार उठ्न नसकेको समेत बताए ।

यता विद्युत प्राधिकरण महेन्द्रनगरका कर्मचारी पुष्पराज घिमिरेले विद्युत प्राधिकरणको लापरबाही स्वीकार्न चाहेनन् । उनले भने, ‘त्यस स्थानमा पहिला सेतो तार टाङिएको थियो हाल कालो तार टाङिएको छ र त्यस सेतो तारमा कुनै लाइन नभएकाले यसले कुनै स्थानीयलाइ असर नपारेको भन्दै यो विषय प्राधिकरणको हो र प्राधिकरणले नै आफ्नो तरीकाबाट समाधान गर्ने छ ।’

यस स्थानमा तार बाटोमा नै फालिएको छ र यस तारको सदूपयोग गर्दा विद्युत नपुगेको ठाउँमा तार र पोलको समेत प्रयोग गर्न सकिन्छ ।

jackson ribon