birat ribon

नेपालले इस्ट लण्डनलाई दियो ३ सय ३९ को लक्ष्य, अनिलको शतक प्रहार

Neuro
नेपालले इस्ट लण्डनलाई दियो ३ सय ३९ को लक्ष्य, अनिलको शतक प्रहार

कोशी अनलाइन
साउन ९ , मोरङ, युरोप भ्रमणमा रहेको नेपाली टोलीले आज तेस्रो अभ्यास खेल खेल्दैछ । आजको इस्ट लण्डनविरुद्धको खेलमा नेपालले ३ सय ३९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

cura insider

अनिल कुमार साह शतकीय इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनाएको हो । उनले आक्रमक इनिङ्स खेल्दै ९१ बलमा शतक पुरा गरे ।

अनिलले १ सय १८ बलमा १९ चौका र ३ छक्का प्रहार गरी १ सय ३१ रन बनाए ।

यसैगरी शरदले ९८ रन जोडे भने ओपनर सुवास खकुरेल ८, ज्ञानेन्द्र मल्ल ९ र कप्तान पारस खड्का ४ रनमा आउट भएका थिए । सोमपाल कामीले २९ रन र रोहित कुमार पौडेल ११ रनमा आउट भए । करण केसी १३ तथा शक्ति गौचन ९ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भए ।

अर्सलन खानले ३ विकेट लिए । नाबिल अजिजले दुई तथा सागर जोशीले एक विकेट लिए ।

jackson ribon