birat ribon

प्रदेश १ मा यस्तो छ मोटरसाइकलमा लाग्ने कर

Neuro
प्रदेश १ मा यस्तो छ मोटरसाइकलमा लाग्ने कर

कोशी अनलाइन
साउन ९, मोरङ, गत आर्थिक वर्षसम्म यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले संकलन गर्दै आएको मोटरसाइकलको वार्षिक कर अब भने प्रदेश सरकारले संकलन गर्नेछ । कर संकलनको अधिकार पाएको प्रदेश सरकारले फरक–फरक कर तोकेका छन् ।

cura insider

गत आर्थिक वर्षसम्म देशभर एउटै दरमा मोटरसाइकलको वार्षिक कर संकलन हुन्थ्यो । केन्द्रीय सरकारले आगामी वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै १ सय ५० सीसीभन्दा माथिको मोटरसाइकलमा कर बढाउने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेश सरकारले मोटरसाइकलको कर तय गर्दै रकम संकलन गर्न थालेका छन् ।

मोटरसाइकल प्रयोगकर्ताले वार्षिक तिर्नुपर्ने सवारी कर प्रदेशअनुसार फरक–फरक तय गरेको छ । मोटरसाइकलको कर बाइकको क्षमताअनुसार फरक(फरक रहेको छ ।

प्रदेश नं. १ अन्तर्गतको जिल्लामा दर्ता भई सञ्चालनमा रहेको मोटरसाइकलले अब वार्षिक कर न्यूनतम २८ सयदेखि १६ हजार ५ सय रुपैयाँसम्म तिर्नपर्ने भएको छ । जसमा १ सय २५ सीसीसम्मको मोटरसाइकलका लागि २८ सय रुपैयाँ, १ सय २६ देखि २ सय ५० सीसीसम्मका लागि ४५ सय रुपैयाँ, २सय ५१ सीसीदेखि ४ सय सीसीसम्मका लागि नौ हजार रुपैयाँ र ४ सय १ सीसीभन्दा माथिका लागि १६ हजार ५ रुपैयाँ तय भएको छ ।

यसैगरी सरकारले सडक मर्मत शुल्क पनि बढाएको छ । यो शुल्क सवारी खरिद गर्ने कम्पनीले तिर्नुपर्ने हुन्छ । सवारी खरिद कम्पनीले सवारी खरिद गर्दा एक पटक मात्रै यस्तो कर तिर्ने गर्छन् । तर, यो शुल्क पनि सवारी खरिद गर्ने माथि नै भार थपिने हो ।

जसअनुसार १ सय २५ सीसीको मोटरसाइकलमा १५ हजार रुपैयाँ, १ सय ५१ देखि २ सय ५० सीसीमा १८ हजार रुपैयाँ, २ सय ५१ देखि ४ सय सीसीको बाइक खरिदमा ५० हजार रुपैयाँ र ४ सय १ सीसीभन्दा बढीको मोटरसाइकलमा दुई लाख रुपैयाँ सडक सम्भार तथा मर्मत शुल्क तय गरेको छ । यो रकम बाइक खरिद गर्दा स्वतः ग्राहकमा थपिने आर्थिक भार हो ।

jackson ribon