birat ribon

‘डा. केसी जुनसुकै बेला पनि कोमामा जान सक्छन्’

Neuro
‘डा. केसी जुनसुकै बेला पनि कोमामा जान सक्छन्’

कोशी अनलाइन
साउन, मोरङ, डा. गोविन्द केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरुले उनको अवस्था अच्यन्तै कमजोर रहेको र जुनसुकै बेला कोमामा जानसक्ने बताएका छन् ।


२६ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राखेर आमरण अनसनरत डा. केसीको शरीरमा सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून भएको छ । रगतमा चिनीको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेतहुनसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

cura insider

चिकित्सकका अनुसार रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्ने छ ।

चिकित्सकले पत्रकार सम्मलेनमार्फत केसीको रक्तचाप पनि अत्यन्त कम रहेकाले मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिलेर कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने जानकारी दियो ।

यो अवस्थाको बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले जनाए । तर, डा. केसीले यसअघि नै आफू होसमा रहुन्जेल आईसीयूमा नजाने बताएकाले आईसीयूमा लगिएको छैन ।

jackson ribon