birat ribon

रोड्रिग्वेज बायर्न मै रहने, रियल फर्कने खबर हल्ला मात्र

Neuro
रोड्रिग्वेज बायर्न मै रहने, रियल फर्कने खबर हल्ला मात्र

कोशी अलनाइन
साउन ९, मोरङ, रियल मड्रिडबाट गत वर्ष लोनमा बायर्न म्यूनिख पुगेका मिडफिल्डर जेम्स रोड्रिग्वेजले आफू बायर्न मै बस्ने खुशी भएको बताएका छन् । रियल नै फर्कन हल्ला चलिरहेका बेला उनले सो खबर हल्ला मात्र भएको र आफू बायर्न मै बस्ने बताएका हुन् ।

उनी २ वर्षे लोनमा बायर्न पुगेका थिए । अब लोनमा १ वर्ष बाँकी छँदा अर्को वर्षको सम्झौताका लागि उनलाई स्थायी रुपमा क्लबमा राख्ने विषयमा पनि बायर्नले छलफल अघि बढाएको छ ।

cura insider

उनले भने, ‘अहिले म बायर्नमा खुशी छु । पहिलो सिजन मेरो उत्कृष्ट रह्यो । मलाई लाग्छ यहाँ मलाई क्लब र समर्थकले धेरै माया गर्छन् ।’
बार्यनबाट उनले गत सिजनमा स्तरीय प्रदर्शन गरेका थिए । उनको टोली लगातार छैटौं पटक बुन्डेललिगा जित्न सफल भएको थियो ।

jackson ribon