birat ribon

‘कथा काठमाडौं’को गीतमा भन्दा फिल्म अझ उत्तेजक

Neuro
‘कथा काठमाडौं’को गीतमा भन्दा फिल्म अझ उत्तेजक

कोशी अनलाइन
साउन ९, मोरङ, नेपाली फिल्म ‘कथा काठमाडौं’ को शीर्ष गीत गत आइतबार रिलिज गरियो । हाइलाइट्स नेपाल च्यानलबाट रिलिज गरिएको सो शीर्ष गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अहिलेसम्मकै हट सिन दिएकी थिइन् ।

cura insider

यसै गीतलाई लिएर सामाजिक सञ्जालभरी टिका टिप्पणी चलिरहेको छ । कतिले त भिडियोको मेकिङ नीलो चलचित्रको जस्तो भएकोसमेत आरोप लगाएका छन् भने कतिले यत्ति सम्मको ठिकै हो भन्ने जस्ता प्रतिक्रियाहरु दर्शाएका छन् । सामाजिक सञ्जालका गोप्य ग्रुपहरुमा पनि गीतको भिडियोको चर्को विरोध र मजाक बन्न थालेको छ । खासगरी प्रियंका कार्कीलाई धेरैले तारो बनाएका छन् । कतिले त प्रियंका कार्कीबाट फ्यानले यस्तो गीतको आशा नराखेको पनि बताएका छन् ।

युट्युबमा एक प्रयोगकर्ताले कमेन्ट गरेकी छिन् । ‘प्रियंका कार्की पब्लिक फिगर हुन्, सबै फिल्मकर्मीले यस्ता दृश्य राख्दा सोच्नुपर्ने हुन्छ, यो नेपाल हो, अरु देश होइन ।’

गीत यतिसम्म भल्गर बनाइएको छ कि, युट्युबमा हेर्न पनि १८ वर्ष पुगेकाले मात्र पाउने व्यवस्था छ ।

फिल्मको शीर्ष गीतको भिडियो सार्वजनिक कार्यक्रममा निर्देशक संगीता श्रेष्ठलाई पत्रकारहरुले यस्तो दृश्य आवश्यक थियो र ? भन्ने प्रश्नमा निर्देशकले यसभन्दा उत्तेजक दृश्य फिल्ममा रहेको बताइन् ।

उनले भनिन्, ‘यो गीत किन राखियो भन्ने पछि फिल्म हेरेर नै थाहा पाउनुहुनेछ, फिल्ममा अरु पनि यस्ता दृश्य छन् ।’

साथसाथै उनले के पनि भनिन् भने फिल्म मेकरको कुनै जेन्डर हुँदैन । ऊ महिला होस् या पुरुष तर फिल्म मेकर नै हुन्छ । अर्थात्, साझा फिल्मकर्मी ।

यो फिल्ममा संगीता श्रेष्ठको कथा, पटकथा र निर्देशन संगीता श्रेष्ठको रहेको छ भने विजय राईले निर्माण गरेका हुन् । फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतले अभिनय गरेका छन् ।

भिडियो:

jackson ribon