birat ribon

सञ्जय दत्तको अर्को बायोपिक बनाउन लागेका रामगोपालमाथि दिदी आक्रोशित

Neuro
सञ्जय दत्तको अर्को बायोपिक बनाउन लागेका रामगोपालमाथि दिदी आक्रोशित

कोशी अनलाइन
साउन ९, मोरङ, अभिनेता सञ्जय दत्तको जीवनीमाथि तयार गरिएको बायोपिक फिल्म ‘सञ्जु’ले २०१८ को बक्स अफिसमा तहल्का मच्चायो । राजकुमार हिरानीद्वारा निर्देशित सो फिल्मले व्यापारिक सफलता हासिल गरे पनि आलोचनाबाट भने मुक्त रहन सकेन ।

cura insider

सञ्जुमा सञ्जयका बारेमा सबल पक्ष मात्र केलाइयो भनेर निर्देशक रामगोपाल बर्माले सञ्जय दत्तमाथि अर्को बायोपिक बनाउने घोषणा गरे । सञ्जुमा लुकाइएका धेरै कुराहरु नयाँ बायोपिकले खोल्ने उनको भनाई थियो ।

बर्माले ‘सञ्जुः द रियल स्टोरी’ नाममा बायोपिक बनाउने तयारी थालिसकेको भएपनि सञ्जय दत्तकी दिदी नम्रताले निर्देशक बर्माप्रति आक्रोश व्यक्त गरेकी छन् ।

निर्देशक बर्माले यसमा १९९३ को बम विष्फोटमा सञ्जय दत्तको संलग्नता र एके ४७ राइफल राखेको प्रसंगलाई महत्व दिइने भएपछि नम्रताले विगतका नकारात्मक कुराहरु कोट्याएर सञ्जयलाई पीडा नदिन भनेकी छन् ।

उनले भनिन्, ‘विगतमा जे भयो भयो । सञ्जयले अब ती कुरा सम्झिन चाहँदैन । सञ्जय दत्तलाई बुझ्न चाहनेहरुका लागि सञ्जु नै काफी छ । अब अर्को बायोपिक आवश्यक छैन ।’

यस विषयमा अभिनेता सञ्जयले केही नबोलेको भएपनि बर्मा भने बायोपिक बनाउने योजनाबाट पछि हट्ने मुडमा छैनन् । उनले भने, ‘म कुनै हालतमा पनि बायोपिक बनाउँछु । यसका लागि तयारी थालिसकेको छु ।’

jackson ribon