birat ribon

रणवीर अभिनित पाकिस्तानी फिल्मले बजार ततायो

Neuro
रणवीर अभिनित पाकिस्तानी फिल्मले बजार ततायो

कोशी अनलाइन
साउन ९, मोरङ, चर्चित बलिउड अभिनेता रणवीर सिंह अभिनित पाकिस्तानी फिल्मले पाकिस्तानी बक्स अफिसमा तहल्का मच्चाउँदै छ । रणवीरले अभिनय गरेको पाकिस्तानी फिल्म ‘तीफा इन ट्रबल’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

cura insider

पाकिस्तानी अभिनेता अली जफरको मुख्य अभिनय रहेको यस फिल्ममा रणवीरको छोटो भूमिका छ । फिल्ममा रणवीरलाई सरप्राइज प्याकेजको रुपमा प्रस्तुत गरिएको छ ।

यो फिल्म भारतमा भने रिलिज भएको छैन । धेरैजसो भारतीय फिल्महरु पाकिस्तानमा रिलिज हुने गरेको भए पनि पाकिस्तानी फिल्महरु भारतमा चल्दैनन् । जफरले यो फिल्म भारतमा चलाउन पहल गर्ने बताएका छन् ।

रणवीरले पहिलोपटक पाकिस्तानी फिल्म गरेपनि रणवीर र अली जफरले दोस्रो पटक पर्दामा सँगै काम गरेका हुन् । यसअघि बलिउड फिल्म ‘किल दिल’ मा यी दुईले सँगै काम गरेका थिए ।

jackson ribon