birat ribon

वैदेशिक रोजगारको नाममा करौंडौ ठगी गरी कृष्णबहादुर सिके फरार (भिडियो)

Neuro
वैदेशिक रोजगारको नाममा करौंडौ ठगी गरी कृष्णबहादुर सिके फरार (भिडियो)

कोशी अनलाइन
साउन ९, मोरङ, काठमाडौ बस्दै आएका स्याङजा स्वरेक – ८ का कृष्णबहादुर सिकेले विदेशमा आकर्षक जागिर दिलाइदिने भन्दै सयौंभन्दा बढी सर्वसाधारणबाट करोडौं रकम असुल गरी फरार भएका छन् ।


आकर्षक तलव सुविधा देखाएर राष्ट्रिय पत्रपत्रिकामा सूचना निकाल्दै सर्वसाधारणलाई ठगी गर्ने गरेका उनले आफ्ना २ वटा कन्सल्टेन्सी कोरल एजुकेशन कन्सल्टेन्सी, रोयल एजुकेशन कन्सल्टेन्सी र एउटा मेनपावर रोएल एचआर सोलुसनबाट क्यानडा, अमेरिका, रसिया तथा अस्टे«लिया पठाउने भन्दै करिब दुई करोड ठगी गरेर फरार भएका हुन् ।

cura insider

रु ६ लाख ६० हजार रुपैया खाएर फरार भएको बताउँदै पीडित कुमार श्रेष्ठले अन्य धेरै व्यक्तिको पैसा खाएको बताए । कुमार बाहेक अन्य पीडितहरुमा विदूर घतानेको रु ६ लाख, गोविन्द रेग्मी रु ५ लाख, ओम बहादुर पुनको रु ४ लाख, उर्मिला पुनको रु ३ लाख ७० हजार, भविष खड्का ३ लाख, विनोद शर्मा २ लाख ५० हजार, लेखनाथ सुबेदी २ लाख १० हजांर, आर्यान जोशीको २ लाख, प्रबिनजङ्ग बस्नेत २ लाख, सागर पुरीको १ लाख, श्याम २ लाख, देवकुमार श्रेष्ठ १ लाख, सरोज श्रेष्ठ ६० हजार लगायत अन्य धेरै रहेको पीडित कुमारले बताए ।

ठगिएकामध्ये भविष खड्का, देवकुमार श्रेष्ठ र प्रविनजङ्ग बस्नेतलाई पैसा फिर्ता माग्दा बाउन्स चेक पनि दिएका थिए । पीडितले सीकेसँग बेलाबेलामा भाइबरमा सम्पर्क हुँदा सधैं पैसा फिर्ता दिन्छु भन्ने गरेको तर कहिले दिने भन्दा एक हप्ता पछि, एक महिना पछि गर्दै १ वर्षपछि दिन्छु भनेर टार्ने गरेको पीडितहरुले बताए ।

भिडियो:

स्याङजाको नाम बदनाम गर्ने कृष्ण बहादुर सिके !! स्याङजा स्वारेक- ८ घर भइ काठमाण्डाै बस्ने यि व्यक्तिले अाफ्नो कन्सल्टेन्सी र मेनपावरबाट पचास जना भन्दा बढि व्यक्तिलाइ फरक फरक समयमा क्यानडा, अमेरिकन क्रुज, रसियन क्रुज, अस्टे«लिया लैजाने भन्दै प्रत्येक व्यक्तिबाट ५० हजार देखि ६ लाख रुपैया सम्म उठाएर एक करोड भन्दा बढि ठगि गरि फरार भएका छन् ! थप भिडियोमा !!

Posted by Syangja Khabar on Wednesday, July 11, 2018

jackson ribon