birat ribon

फिफा ‘उत्कृष्ट खेलाडी २०१८’को मनोनयनमा मेस्सी र रोनाल्डो परे, नेयमार अटेनन्

Neuro
फिफा ‘उत्कृष्ट खेलाडी २०१८’को मनोनयनमा मेस्सी र रोनाल्डो परे, नेयमार अटेनन्

कोशी अनलाइन
साउन ८, मोरङ, विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार ‘फिफा उत्कृष्ट खेलाडी २०१८’ का लागि नोमिनेसनमा परेका १० खेलाडीको सूची सार्वजनिक गरेको छ ।

cura insider

जसमा इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर तथा साविकको विजेता क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सी परेका छन् भने पेरीस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्ट्राइकर नेयमार भने अटाएका छैनन् ।

यसवर्षको उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा फ्रान्सका तीन खेलाडी परेका छन् भने ब्राजिलका कुनैपनि खेलाडीको नाम अटेको छैन् । फ्रान्सका एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे र राफायल भाराने परेका छन् । यस्तै बेल्जियमका इडेन हाजार्ड, केभिन डी ब्रुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रीच र इजिप्टका मोहमद सलाह रहेका छन् ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्नेछ । फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी’ओर अवार्डबाट छुट्टिएर दुई बर्ष अघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।

jackson ribon