birat ribon

मेस्सी मिलान जाने चर्चा

Neuro
मेस्सी मिलान जाने चर्चा

कोशी अनलाइन
साउन ८, मोरङ, बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सी इटालियन क्लब इन्टर मिलान जाने खबरले अहिले अन्तराष्ट्रिय सञ्चारमाध्यममा स्थान पाएको छ । इटालियन सञ्चारमाध्यमहरुले रोनाल्डोलाई पछ्याउँदै मेस्सी पनि इटालियन क्लब मिलान जाने जनाएका छन् ।

cura insider

इटालियन सञ्चारमाध्यमले इन्टरका मालिकले मेस्सीका लागि ठूलो रकम प्रस्ताव गर्न सक्ने जनाएको छ । मेस्सीलाई इन्टर मिलानले लिन चाहेको पिरिलीका सिइओ मार्को ट्रोनचेटी प्रोभेराले सार्वजनिक गरेका हुन् । पिरिली लामो समयदेखि इन्टरको प्रायोजक रहँदै आएको छ ।

यदी यो खबर सत्य विश्व फुटबलका दुई महान खेलाडी रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि हुने छ । मेस्सी मिलान पुगेको खण्डमा टोलीले रोनाल्डो सम्मिलित युभेन्ट्सलाई कडा चुनौती हुने अपेक्षा गरिएको छ ।

तर, मेस्सीलाई बार्सिलोनाले सहज उम्कन दिनेछैन् । सानैदेखि बार्सिलोनामा आवद्ध उनी आफ्नो पूरा खेल बार्सिलोनामै बिताउँने बताउँछन् ।

jackson ribon