birat ribon

रोनाल्डोभन्दा महंगो मूल्यमा बेचिदैं छन् चेल्सीका कान्टे

Neuro
रोनाल्डोभन्दा महंगो मूल्यमा बेचिदैं छन् चेल्सीका कान्टे

कोशी अनलाइन
साउन ८, मोरङ, चेल्सिले मिडफिल्डर एनलोगो कान्टेलाई भर्खरै युभेन्टस गएका क्रिस्टियानो रोनाल्डो भन्दा महंगो मूल्यमा विक्री गर्ने तयारी गरेको छ । कान्टेलाई १ सय १० मिलियन युरोमा बिक्री गरिने भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

cura insider

इन्टरनेशनल मिडियाका अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले १ सय १० मिलियन युरोको प्रस्ताव अघि सारेको छ ।

पिएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ । फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए । कान्टेलाई भित्र्याउने तयारीसँगै पिएसजीले अर्जन्टिनाका एञ्जल डि मारिया र गोन्सालो गुइडेसलाई बेच्ने तयारी पनि थालेको छ ।

यदि चेल्सीले राखेको मूल्यमा कान्टे पिएसजी भित्रिए उनका लागि खर्चिएको रकम क्रिस्टियानो रोनाल्डोभन्दा महंगो हुनेछ । रियल म्याड्रिडले ९९ मिलियन युरोमा रोनाल्डोलाई युभेन्ट्समा बेचेको थियो ।

jackson ribon