birat ribon

विराटनगरस्थित भारतीय फिल्ड अफिस साउन १६ देखि बन्द हुने

Neuro
विराटनगरस्थित भारतीय फिल्ड अफिस साउन १६ देखि बन्द हुने

कोशी अनलाइन
साउन ८, मोरङ, विराटनगर १३ स्थित भारतीय फिल्ड अफिस आउँदो साउन १६ बाट पूर्णरुपले बन्द हुने भएको छ ।

पटक–पटक बन्द गरिने भनिएपनि सो कार्यालय बन्द भएको थिएन । तर, काठमाडौंस्थित भारतीय दुतावासले जनाएअनुसार आउँदो अगस्ट १ अर्थात् साउन १६ देखि फिल्ड अफिसले गर्ने काम पूर्णरुपले बन्द हुनेछ ।

cura insider

फिल्ड अफिसले नेपाल आउने भारतीय गाडीहरुका लागि अनुमति दिनुका साथै जन्म, मृत्यु र रजिस्टेशन लगायतका कागजपत्रको प्रमाणीकरण गर्दै आएको थियो । अब यो काम काठमाडौंस्थित दूतवासबाटै हुनेछ ।

२०६५ मा कोशीमा बाढी आउँदा तटबन्ध फुटेर नेपाल र भारत दुवैतिर डुबान भयो । त्यो संकटको बेला आवागमन सुलभ बनाउने लगायत कारणले विराटनगरमा भारतको सम्पर्क कार्यालय खुलेको थियो ।

jackson ribon