birat ribon

पत्रकार सम्मेलनमा भावुक हुँदै कानूनमन्त्रीले दिए राजीनामा

Neuro
पत्रकार सम्मेलनमा भावुक हुँदै कानूनमन्त्रीले दिए राजीनामा

कोशी अनालाइन
साउन ८, काठमाडौं, बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले राजीनामा दिएका छन् । उनले आज मंगलबार मन्त्रालयमा आयोजितपत्रकार सम्मेलन गरी भावुक हुँदै राजीनामा दिएका हुन् ।


नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली छात्राहरुले प्रमाणपत्र पाउन अस्मित बेच्न बाध्य हुनुपर्ने दाबी गरेका थिए ।

cura insider

तर, यसको सर्वत्र आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । आफूले विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । यसको उनको अझ आलोचना भयो ।

सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

jackson ribon