birat ribon

‘जर्मन प्रशिक्षकले ओजिललाई सन्यास लिन भनेका थिएनन्’

Neuro
‘जर्मन प्रशिक्षकले ओजिललाई सन्यास लिन भनेका थिएनन्’

कोशी अनलाइन
साउन ८, मोरङ, टर्कीका राष्ट्रपति रिसेप तायिप एरडोगनसँग मेमा खिचिएको तस्बिरलाई लिएर विवादमा परेर जर्मन फुटबलर मेसुट ओजिलले सन्यासको घोषणा गरे । ओजिलले ‘जातिवाद र अनादर’ को सामना गर्नुपरेको भन्दै सोमबार सन्यासको घोषणा गरेका थिए ।

cura insider

धेरैले उनको सन्यासको विषयमा आफ्नो टिका टिप्पणी दिइरहँदा जर्मन प्रशिक्षक जोचिम लोले आफूले सन्यास लिन नभनेको बताएका छन् । आर्सनलका मिडफिल्डर सामाजिक सञ्जाल ट्वीटरमार्फत अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए ।

‘म राष्ट्रिय प्रशिक्षक हुँदा समेत मलाई जानकारी नगराई उनले सन्यास लिए’ लोका सल्लाहकार हरुण र्अस्लानले स्पोर्ट्स बिल्डलाई भने, ‘उनले सन् २०१४ को विश्वकपमा महत्वपूर्ण योगदान दिएका थिए तर, यसपाली खासै राम्रो प्रदर्शन भने गरेनन् ।’

‘यस्तो बेलमा यो चै स्पष्ट छ की २३ गोल र ४० असिस्ट, जर्मनीको इतिहासमा लेखाएका छन् । यसैगरी पाँचौ पटक जर्मनका सर्वोत्कृष्ट खेलाडी समेत घोषणा भइसकेका छन् । पाँचमध्ये तीन चैं सन् २०१४ पछिको रेकर्ड हो ।’ उनले भनेका छन् ।

jackson ribon