birat ribon

‘रोनाल्डो वास्तविक उमेरभन्दा १३ वर्ष कान्छो’

Neuro
‘रोनाल्डो वास्तविक उमेरभन्दा १३ वर्ष कान्छो’

कोशी अनलाइन
साउन ८, मोरङ, पोर्चुगिज स्टार रोनाल्डोले युभेन्टसमा मेडिकल सकाएका छन् । उनको सार्वजनिक रिपोर्ट अनुसार उनी वास्तविक उमेर भन्दा १३ वर्ष कान्छो देखिएको अन्तराष्ट्रिय मिडिया मिर्रर डटकमले जनाएको छ ।


केही साताअघि मात्र स्पेनिश क्लब रियल छोडेर युभेन्टसमा आवद्ध भएका रोनाल्डोको भर्खरै सार्वजनिक रिपोर्ट अनुसार उनको शारीरिक अवस्था २० वर्षीय युवा खेलाडी जस्तो देखिएको छ ।

cura insider

३३ वर्षीय रोनाल्डोको मोटाई, मांसपेशी र गतीको जाँचपछिको रिपोर्ट अनुसार रोनाल्डोको शारीरिक क्षमता १३ बर्ष कान्छाको जस्तै देखिएको मिर्ररले उल्लेख गरेको हो । रिपोर्ट अनुसार रोनाल्डोको शरीरको बोसो ७ प्रतिशत रहेको छ । जुन अन्य खेलाडीको भन्दा ३ प्रतिशतले कमी हो ।

रियलसँगको सम्झौता अझै तीनवर्ष बाँकी छँदा १ सय ५ मिलियन पाउन्डमा युभेन्टस हानिएका रोनाल्डोको मांसपेशीको तौल औषत खेलाडीभन्दा ४ प्रतिशतले बढी ५० प्रतिशत रहेको छ । त्यस्तै रोनाल्डोको गति ३३.९८ किमी रहेको छ । जुन गति रुस विश्वकपमा मापन गरिएको खेलाडीको भन्दा छिटो रहेको छ ।

रियलमा ९ वर्ष बिताएर चारपटक च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डो पाँच पटकको बालोन डी’ओर बिजेता हुन् ।

jackson ribon