birat ribon

भुटानसँग नेपालले खायो दर्जन गोल, ०–१२ गोलले नेपाल पराजित

Neuro
भुटानसँग नेपालले खायो दर्जन गोल, ०–१२ गोलले नेपाल पराजित

कोशी अनलाइन
साउन ८, मोरङ, भुटानी टोलीसँग नेपालले दर्जनौ गोल खाएको छ । मैत्रीपूर्ण फुटबल खेलका लागि भुटानमा रहेको नेपालको ग्रासरुट्स फुटसल एकेडेमीको यु–१५ टोलीले भुटान एफएको यु–१५ टोलीसँग दर्जनौं गोल खाएको हो ।

cura insider

भुटानको राजधानी थिम्पुमा भएको उक्त मैत्रीपूर्ण खेलमा भूटानी टोलीले नेपाली टोलीलाई १२–० को फराकिलो अन्तरले हरायो ।

ग्रासरुट्स फुटसल एकेडेमी खेलाडीहरुको एक्सपोजरका लागि हाल भुटान भ्रमणमा रहेको छ । नेपाली यु–१५टोलीका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यष उपेन्द्रमान सिंह पनि भुटानमा छन् ।

jackson ribon