birat ribon

रियलले भित्र्यायो युक्रेनी गोलकिपर

Neuro
रियलले भित्र्यायो युक्रेनी गोलकिपर

कोशी अनलाइन
साउन ८, मोरङ, युक्रेनका १९ वर्षीय गोलरक्षक एन्ड्री लुनिनलाई रियल मड्रिडले भित्र्याएको छ । रियलले युक्रेनी क्लब जोर्या लुहान्स्कबाट १४ मिलियन युरोमा लुनिनलाई भित्र्याएको हो ।

cura insider

युक्रेनी राष्ट्रिय टोलीबाट अभुभव संगालीसकेका लुनिनलाई रियलले सोमबार क्लबको खेलाडीको रुपमा सार्वजनिक गरेको थियो । उनले रियलसंग ६ बर्षे सम्झौता गरेका छन् ।

लुनिनलाई अनुबन्ध गरेसंगै रियलले यो सिजन दुई युवा खेलाडीलाई क्लबमा भित्र्याउन सफल भएका छन् । यसअघि रियलले ब्राजिलका १८ बर्षीय फरवार्ड भिनिसस जुनियरलाई ६ बर्षको लागि क्लबमा अनुबन्ध गरेको थियो ।

jackson ribon