विद्यालयमा अंग्रेजीले सुधार

0

बाबुराम बास्तोला
कोशी अनलाइन
साउन ६, संखुवासभा, सामुदायिक तथा सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै गएको बेला संखुवासभामा भने अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालयमा सुधार हुँदै गएका छन् । सरकारी विद्यालयमा पढ्ने विद्यार्थी अंग्रेजी विषयमा कमजोर हुदैँ गएपछि यहाँका विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।

पाँचखपन नगरपालिका ८ मा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयले २०६९ सालदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको थियो । त्यसयता विद्यार्थीको शैक्षिक अवस्थामा सुधार आएको र उर्तीण प्रतिशत पनि बढेको विद्यालयका प्रधानाध्यापक थिरबहादुर राईले बताए ।

उनले भने, ‘२०६९ सालमा बाल कक्षादेखि २ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको थियो । अहिले ५ कक्षासम्म सञ्चालन गरिएको छ ।’ राईले भने, ‘कक्षा ५ मा पढ्ने विद्यार्थीले ९ कक्षासम्मका अंग्रेजी किताब पढ्न र लेख्न सक्छन् । अहिले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोजेक्टरमार्फत मल्टिमिडिया प्रणालीमासमेत पढाई हुन्छ ।’

‘विद्यार्थीहरु अंग्रेजी शिक्षाका लागि शहर केन्द्रित भईरहेको र विद्यार्थी संख्या कम भएर विद्यालय मर्ज हुने अवस्थमा पुगेको छ । तर, यहाँ अन्यत्र पढन गएका विद्यार्थीको समेत पुनरागमन भएको छ’ राईले भने । गुणस्तरीय शिक्षाका लागि सदरमुकाम खाँदबारी र चैनपुर गएका विद्यार्थीहरु अहिले गाउँकै विद्यालयमा पठन फर्किएका छन् । कक्षा ५ सम्म ९० जना विद्यार्थीले अंग्रेजी माध्यमबाट शिक्षा लिइरहेका छन् ।

यता पाँचखपन नगरपालिकाकै १ नं वडाका सबै विद्यालयका बाल कक्षा र १ कक्षामा अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्न अनुदान पनि दिइएको छ । नगरपारिषद् र वडा परिषद्बाट वडामा रहेको ३ निमावि र ४ प्राविका बाल कक्षा र १ कक्षालाई अंग्रेजी माध्यमबाट अध्यापन गराउन विद्यालयलाई दिइने अनुदान रकम छुट्याइएको वडाअध्यक्ष टेकबहादुर बुढाथोकीले बताए ।

बुढाथोकीले वर्षेनी कक्षा थप गरी कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउँने लक्ष्य रहेको बताए । केही महिनाअघि मात्र उनले बाल कक्षा र कक्षा १ सम्म अंग्रेजी माध्यममा पढाई सुरु गर्न शिवोदय निमाविका ३५ जना विद्यार्थीलाई नीजि खर्चमा पुस्तक वितरण गरेका थिए ।

यस्तै शिलिचोङ गाउँपालिका २ को बाला याम्दाङ माविमा पनि १ कक्षासम्म अंग्रेजी माध्यममा बढाई हुँदै आएको छ । यी विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाई सुरु भएसंगै विद्यार्थीको पनि आकर्षण बढ्दो छ । विद्यार्थी कम भएर मर्ज हुनबाट विद्यालयहरु बचेका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW