जीवन ज्योति इङ्लिस स्कुलको उद्घाटन, गुणस्तरीय र सुलभ शिक्षामा जोड दिन मेयरको आग्रह

0

कोशी अनलाइन
मदन अधिकारी
साउन ६, सुनसरी, बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ मा स्थापना भएको जीवन ज्योति इङ्लिस स्कूलको उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । शिक्षालाइ आधुनिक तवरबाट अघि बढाउँने उद्धेश्यले साे स्कूल स्थापना गरिएको हो ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा खनालले रिबिन काटि विधिवत उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मेयर खनालले आधुनिक शिक्षामा जोड दिनुपर्ने बताए ।

बराहक्षेत्र नगरपालिकाका विद्यार्थीलाइ आधुनिक शिक्षा उपलब्ध गराउनु आफ्नो कर्तव्य भएको बताउँदै जीवन ज्योतिको स्थापनाले कसैले पनि इङ्लिस माध्यमबाट पढ्न नगरपालिका बाहिर जानु नपर्ने धारणा राखेका थिए ।

इङ्लिस माध्यमबाट अध्यन गर्न हाल धरान, इटहरी, विराटनगर लगायत सहरीस्थानमा जानेगरेका छन् । तर, बाहिर जाँदा यहाँको भन्दा दोबर खर्च लाग्ने र सोचे अनुरुपको प्रतिफलसमेत नआउने भएकाले स्थानीय तहमा नै अंग्रेजी माध्यमबाट हुने पठन पाठनले त्यसमा सहयोगी भूमिका निर्वाह गर्ने बताएका थिए ।

यसै वर्षबाट बागझोरामा सो नीजि विद्यालयले कक्षा ११ मा व्यवस्थापन संकायतर्फ अध्यापन गराउन थालेको हो । निकै दक्ष र लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरेका प्रधानध्यापकहरुद्वारा खोलिएको सो विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिने कुरामा स्थानीय तथा अभिभावकहरुसमेत आशावादी देखिएका छन् । स्थानीय स्तरमै विद्यार्थीहरुलाइ अंग्रेजी तथा नेपाली माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्नु नै विद्यालयको प्रमुख उदेश्य रहेको स्कुलका प्रिन्सिपल दिवस विष्टले बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW