नेयमार किन गएनन् त रियल मड्रिड ? यस्तो छ खुलासा !

कोशी अनलाइन
साउन ४, मोरङ, गएको केही सातादेखि ब्राजिल तथा पीएसजीका स्टार नेयमार स्पेनिश क्बल रियल मड्रिड जाने भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले धमाधम खबर दिइरहेका थिए । उनलाई रियल ट्रान्स्फर गर्न उनका बुवा नेयमार सन्टोस एसआरले पनि जोड गरेको भनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

यत्ति मात्र नभएर उनी रियल आउन चाहेको र रियलमा रहेमात्र उनको भविष्य सुध्रिने भन्दै लेजेण्ड खेलाडीहरुले पनि उनको बारेमा टिकाटिप्पणी दिएका थिए ।
तर, विश्वकपको क्वार्टरफाइनलबाट घर फर्किएको ब्राजिलका स्टार नेयमारलाई रियलले एक आधिकारिक वक्तव्य निकाल्दै क्लबले अनुबन्धको प्रयास गरेको हल्लाहरुलाई अस्वीकार गरेको थियो ।

वास्तवमा उनी कि आएनन् त रियल ? यो सबैको सामू कौतुहलताको प्रश्न रहेको छ ।

वास्तवमा उनी उनका ब्राजिलियन टिममेट मार्सेलोका कारण रियल नआएको ब्राजिलियन पत्रकार आन्द्रे रिजेकले खुलासा व्यक्त गरेका छन् ।
रियल मड्रिडका पूर्वम्यानेजर जिनेदिन जिदानले क्लबबाट राजिनामा दिनुअघि ब्राजिलियन फरवार्ड नेयमारलाई बर्नबेयु ल्याउने आइडियालाई स्वीकृत गरेका थिएनन् । उनलाई लाग्थ्यो नेयमार र अर्का ब्राजिलियन डिफेन्डर मार्सेलो एकसाथ खेल्न सक्दैनन् ।


ब्राजिलियन पत्रकार आन्द्रे रिजेकले ब्राजीलको एक स्पोर्ट टिभीसँग यो कुराको खुलासा गर्दै भनेका छन्, ‘मलाई यो कुरा जिदानको साथीबाट थाहा भयो । क्लब छोड्नु अघि जिदान र उनका यी साथीले सँगै डिनर गरेका थिए । यहि भेटघाटका क्रममा जिदानले नेयमारको बर्नबेयु आउने सम्भावनाबारे आफ्नो विचार राखेका थिए ।’

उनले भने, ‘जिदानले आफ्नो साथीलाई भनेका थिए कि उनलाई नेयमार बर्नबेयु आउने कुरा मन परेको छैन । जिदानका अनुसार नेयमार र रियलका लेफ्ट ब्याक मार्सेलो एकसाथ खेल्न नसक्ने उनको बुझाई थियो । जिदानलाई लाग्थ्यो यी दुवै खेलाडीले मैदानको एकै भागमा खेल्थे र जिदानले नेयमारको अनुबन्धमाथि असहमति जनाएका थिए ।’

उनको यो निर्णयसँगै धेरै आश्चर्यमा परेका थिए । कतिपय सञ्चारमाध्यमहरु उनको यो राजिनामा पछाडीको कारण खोज्न प्रयासरतसमेत थिए ।
कुनै कुराहरु बाहिरसमेत आएको थियो । त्यसमध्ये ला लिगामा क्लबको प्रदर्शन र कोपा डेल रेमा लेगानेससँगको हार पनि एक कारण मानिएको थियो । कसै–कसैले रियलको ट्रान्सफर प्लान जिदानको सहमति बिना नै बनाइएको बताइन्छ । जसमा नेयमारको स्थानान्तरण पनि सामेल थियो ।

आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई युभेन्ट्समा बेचेपछि रियलले नेयमारलाई आफ्नो मुख्य टार्गेट बनाएको छ ।

रियल मड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिग जिताएको पाँच दिनपछि जिदानले बर्नबेयु छोड्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Loading...