ओली सरकारको पालामा महंगीले आकाश छोयो, खानेतेल लिटरमै २० रुपैयाँ र मैदाको मुल्यमा १० रुपैयाँ बढ्यो

0

कोशी अनलाइन
साउन ३, मोरङ, कृषिजन्य वस्तुमा दिईँदै आएको मूल्य अभिवृद्धि कर(भ्याट) फिर्ता हटाउने र केही खाद्य वस्तुमा अन्तशुल्क लगाउने निर्णयका कारण बजेटबाट राजस्वको दर हेरफेर हुँदा खाद्य वस्तुको मूल्य बढेको छ ।


अहिले बजारमा खानेतेल र ड्राइफूडको मूल्य बढिसकेको छ। खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ सम्म महँगिएको छ भने मैदानमा १० रुपैयाँले मूल्य अभिवृद्धि भएको छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार चामल, मैदा, पिठो, मसला, चिप्स लगायत सबै वस्तुको थोक मूल्य वृद्धि भएपनि उपभोक्ता मूल्य भने वृद्धि गरिएको छैन । उनका अनुसार अब साउनदेखि आयातित सामानको मूल्य झनै बढ्नेछ ।

थोक बजारमा सबै सामानको मूल्य बढेपनि खुद्रा बजारमा भने अहिले तेल र चाउचाउको मात्रै मूल्य वृद्धि गरिएको छ । चाउचाउ प्रतिप्याकेट १५ र १७ रुपैयाँमा बेच्दै आएकोमा अहिले २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

यसैगरी बजेटअघि ४० रुपैयाँ पर्ने तरकारी मसलाको मूल्य अब ५० रुपैयाँ पुगेको छ भने २० रुपैयाँ पर्दै आएको लुगाधुने सावुनको मूल्य ३० रुपैयाँ पुगेको उनले बताउ । यस्तै दाल, चामल, मैदा ललगायतका खाद्य वस्तुमा पनि प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म मूल्य बढेको बज्राचार्यले जानकारी दिए । यद्यपी विदेशबाट आयात हुने कतिपय वस्तु बजारमा नआइसकेकोले मूल्य यथावत रहेको उनको भनाइ छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW