‘कीर्तिमानी अफर आएका कारण बेकरलाई बेच्यौं’

कोशी अनलाइन
साउन ३, मोरङ, ब्राजिलियन तथा रोमाका गोलकिपर एलिसन बेकरलाई बुधबार मात्र लिभरपुरले अनुबन्ध गर्यो । उनी कीर्तिमानी मुल्य ६७ मिलियन पाउनण्डमा इटालियन क्लब रोमाबाट लिभरपुर गए ।

रोमाका डिरेक्टर मोन्चीले कीर्तिमानी रकमको अफर आएकोले गोलकिपर एलिसन बेकरलाई इंग्लिस क्लब लिभरपुलमा बेचेको बताए ।
एलिसनको लागि लिभरपुलले तिरेको यो रकम गोलकिपरका लागि अहिलेसम्मकै ठूलो रकम हो । यसअघि सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो ।

गोलकिपर एलिसनलाई लिभरपुलमा बेच्ने निर्णय गरेपछि बिहिबार डिरेक्टर मोन्चीले भनेका छन्, ‘एलिसन र लिभरपुलबीचको सम्झौता चाडै हुँदैछ । उनीहरुले गोलकिपरको लागि कीर्तिमानी मूल्यको प्रस्ताव गरे । र, हामीले बेच्ने निर्णय गर्यौं ।’

यस्तै मोन्चीले एलिसन अहिले मेडिकलको लागि लिभरपुलमा रहेको बताए । एलिसनको लागि अन्य क्लबबाट पनि अफर आएको उनले बताए । अब एलिसनले लिभरपुल लोरिस कारिसको स्थान लिनेछन् । एलिसनले भर्खरै रुसी विश्वकपमा ब्राजिली पोस्टको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

Loading...