ब्राजिलियन गोलकिपर एलिसन लिभरपुल जाने

कोशी अनलाइन
साउन २, मोरङ, ब्राजिलीयन तथा रोमाका गोलकिपर एलिसन बेकर कीर्तिमानी मुल्यमा इंग्लिश क्लब लिभरपुल जाने पक्का भएको छ । लिभरपुलले एलिसनका लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी लिभरपुल जाने पक्का भएको हो ।

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले एलिसनको लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिर्न राजी भएको बिबिसीले जनाएको छ । यसअघि लिभरपुलले उनको लागि ६२ मिलियन पाउण्डको प्रस्ताव अघि सारेको थियो ।

एलिसनको लागि लिभरपुलले तिरेको यो रकम गोलकिपरकालागि अहिलेसम्मकै ठूलो रकम हो । सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो ।

लिभरपुल आए एलिसनले लोरिस कारिसको स्थान लिनेछन् । एलिसनले भर्खरै रुसी विश्वकपमा ब्राजिली पोस्टको जिम्मेवारी सम्हालेका थिए । २५ बर्षिया एलिसन दुई वर्ष अघि मात्र रोमासंग जोडिएका थिए । उनले गत सिजन ३७ सिरि ए खेलमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

Loading...