क्रोएसियाली टोलीलाई समर्थकको भव्य स्वागत

कोशी अनलाइन
साउन २, मोरङ, रसिया विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसियाली टोलीलाई समर्थकले सोमबार राजधानी जागरेबबमा भव्य स्वागत गरेका छन् ।

 

हजारौं क्रोएसियाली समर्थककले कोठे जर्सी र झन्डा फरहराउँदै टोलीको भव्य स्वागत गरे । जगरेबमा क्रोएसियाली राष्ट्रिय टोलीको स्वागतमा जम्मा भएको जनसागर अहिलेसम्मकै ठूलो थियो ।

राजधानी जागरेबको केन्द्रमा २ लाख ५० हजार भन्दा बढि समर्थक उपविजेता टोलीलाई साथ दिन उपस्थित भएको स्थानीय पुलिसले जानकारी दियो । उनीहरुको भीडले नगर परिक्रमामा खेलाडीलाई निकै व्यस्त बनाएको थियो ।

प्रतिक्रिया

Loading...