वान डे क्रिकेटको डेब्यु खेल खेल्न जाने नेपाली टोलीको विदाई

कोशी अनलाइन
साउन २, मोरङ, नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने ट्वान्टी–२० त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । पारस खड्काको कप्तानीमा मंगलबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको थियो ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार नेपाली टोलीलाई बिदाइ गरिएको हो । टोली बिहीबार बेलायत प्रस्थान गर्नेछ । युरोप भ्रमणमा जाने १५ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, क्रिकेट प्लेयर एसोसिएसन अफ नेपालका अध्यक्ष मनिस राज पाण्डे लगायतले बिदाइ गरे । नेपाली टोली बिहिबार लण्डन प्रस्थान गर्नेछन् ।

टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन् । यस्तै रोहतिकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले टोलीमा छन् ।

स्पीनर शक्ति गौचनको भने यो खेल नै अन्तिम हुने बताइएको छ । उनले सोही विदाई कार्यक्रममै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Loading...