उत्कृष्ट युवा खेलाडी एम्बाप्पेले विश्वकपको कमाई अपाङ्ग बालबालिकाका लागि खर्चिने

कोशी अनलाइन
साउन १, मोरङ, रसिया विश्वकपको फाइनलमा क्रोएसिलाई ४–२ ले हराउँदा महत्वपूर्ण भमिका निभाएर विश्वकपको उत्कृष्ट युवा खेलाडी बनेका फ्रान्सका किलियन एम्बाप्पेले विश्वकपको कमाई बालबालिकाका लागि खर्चिने भएका छन् । फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले अपाङ्गगत तथा उपचाररत बालबालिकाको उपचारमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

रसिया विश्वकपमा आफुले पाएको कुल आम्दानी ५ करोड ६० लाख रुपैँया एक च्यारिटी संस्थालाई दिने एम्बाप्पेले घोषणा गरेका हुन् । एम्बाप्पेले विश्वकपबाट प्राप्त रकम उपचाररत तथा अपाङ्गता भएका बालबालिकामा खर्च गर्ने निर्णय गरेका हुन् ।

एम्बाप्पेले रसिया विश्वकपकमा युवा खेलाडीको अवार्ड पनि प्राप्त गरेका थिए । विश्वकपमा उनले ७ खेलमा ४ गोल गरेका थिए । व्यवसायीक रुपमा उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका छन् ।

उनी विश्वकपको फाईनलमा गोल गर्दै दोस्रो युवा खेलाडी बनेको छन् । यसअघि यो रेकर्ड ब्राजिलका पेलेले बनाएका थिए ।

प्रतिक्रिया

Loading...