पारसको कप्तानीमा त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

कोशी अनलाइन
साउन १, मोरङ, जुलाईको अन्तिम साता इंग्ल्याण्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपालले मंगलबार पारस खड्काको कप्तानीमा ४ वैकल्पिकसहित १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ । एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिसद् आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले नेपाली टोलीको छनोट गरेको हो । नेपालले क्लोज क्याम्पमा रहेका २० खेलाडीबाट अन्तिम छनोट गरेको हो ।

नेपाली टोलीमा कप्तान पारस खड्का, टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेखले अन्तिम १५ मा स्थान सुरक्षित गरे । यस्तै रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले अन्तिम १५ मा स्थान सुरक्षित गरे ।

विनोद भण्डारी, सुनिल धमला, सुसन भारी र प्रदीप ऐरीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।

प्रतिक्रिया

Loading...