रसिया विश्वकपका उत्कृष्ट युवा खेलाडी एम्बाप्पेले पीएसजी नछोड्ने

कोशी अनलाइन
असार ३२, मोरङ, रसियामा सम्पन्न विश्वकप २०१८ का स्र्वोत्कृष्ट युवा खेलाडी किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेनमै रहने चाहना व्यक्त गरेका छन् । विश्वकपको फाइनलमा गोल गर्दै फ्रान्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका युवा स्ट्राइकर एम्बाप्पे पीएसजी मै रहने बताएका हुन् ।

पीएसजीमा रहेर पनि उच्च प्रदर्शनमा देखिएका एम्बाप्पेले भने, ‘म पीएसजीमै बस्छु, उनीहरुसँगै यात्रा गर्नेछु’ उनले भने, ‘म आफ्नो कसियर सुरु गर्दैछु ।’

यो स्थानसम्म पुग्न आफूले धेरै मेहनत गरेको भन्दै उनले भने, ‘तर, यो अन्त्य होइन, हामीले यसलाई जारी राख्नुपर्छ । मलाई अगाडि जाने महत्वकांक्षा छ ।’
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई भित्र्याउन रियल मड्रिड, म्यानचेष्टर सिटी लगायतका क्लब इच्छुक देखिएका छन् । तर, एम्बाप्पेले भने पीएसजीमै रहने बताएका छन् ।

प्रतिक्रिया

Loading...