विश्वकपको ट्रफी उचालेपछि फ्रान्सेली खेलाडीद्वारा सन्यासको घोषणा

कोशी अनलाइन
असार ३२, मोरङ, २१ औं संस्करणको विश्वकपको ट्रफी उचालेपछि फ्रान्सेली खेलाडी आदिल रामीले सन्यासको घोषणा गरेका छन् । फ्रान्सका डिफेण्डर रामीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।


आइतबारको क्रोएसियाविरुद्धको फाइनल खेलमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका रामीले विश्वकपको ट्रफी उचालेको भोलिपल्ट सन्यास लिएका हुन् । ३२ वर्षीय उनी मार्सेलिका डिफेण्डर हुन् ।
रामीले फ्रान्सका लागि ३५ खेल खेलेका छन् । उनले रुस विश्वकपका अन्य खेलमा मौका पाएनन् । तर, फाइनलमा केही मिनेट मौका पाएका थिए ।

प्रतिक्रिया

Loading...