fbpx

‘वास्तविक विश्वकप रूसले जित्यो’

कोशी अनलाइन
असार ३२, मोरङ, रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स विश्वकप २०१८ को विश्वविजेता भयो भने क्रोएसिया उपविजेता बन्यो ।


तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस विश्वकपको वास्तविक विजेता रूस भएको घोषणा गरेका छन् । विश्वकपअघि राजनीतिसँग जोडेर रूसको आलोचना भइरहेको थियो । रूसले ऐतिहासिक रूपमा विश्वकप आयोजना गरेकोमा रुसलाई विश्वकपको विजेता भन्दै प्रशंसा गरिएको हो ।

रुस विश्वकपलाई आयोजकले सफल बनाउन कुनै कसर बाँकी नराखेको भन्दै विश्वभरका समर्थकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मुक्तकण्ठले तारिफ गरेका छन् । ‘पुटिनले यस विश्वकपबाट आफ्नो राजनीतिक छविलाई अझै माथि लगेका छन् ।

फुटबलको माध्यमबाट रुसप्रति पश्चिमी मुलुकको नकारात्मक धारणा चिर्न पुटिन सफल भए’, अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले भनेको छ । विश्वकपमा पुगेका लाखौं विदेशी पाहुनाले रुस प्रजातन्त्र, मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धप्रति सजग रहेकोसमेत उल्लेख गरेका छन् ।
विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले रुसले विश्वकपलाई सोचेभन्दा माथिल्लो स्तरमा पु¥याएको बताएका छन् । ‘यो विश्वकप मेरा लागि पहिलो अनुभव हो । रुसका जनता र राष्ट्रप्रति म नतमस्तक छु । रुस विश्वकपले संसारभर नयाँ दृश्य सञ्चार गरेको छ’, पुटिनले भनेका छन् ।

प्रतिक्रिया

eight − four =

Loading...