fbpx

राष्ट्रपति कोलिन्डाका कारण चौतर्फी चर्चामा क्रोएसिया

कोशी अनलाइन
असार ३२, मोरङ, रसिया विश्वकपमा उपाधिका लागि क्रोएसिया र फ्रान्सले प्रतिस्पर्धा गरे । हिजो भएको फाइनल खेल निकै अब्बल खेलेको क्रोएसियालाई फ्रान्सले सहज रुपमा हरायो, तरपनि क्रोएसिया चौतर्फी प्रशंसाको पात्र भयो ।

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो टिमलाई समर्थन गर्न रसिया पुगेकी क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिक अन्तर्राष्ट्रिय मिडियामा छाएकी छन् ।

क्रोएसिया र फ्रान्सबीच आइतबार भएको फाइनलअघि नै उनले देखाएको खेल भावनाको विषयमा चर्चा हुन थालेको थियो । आइतबार भएको फाइनलमा आफ्नो टिम फ्रान्ससँग ४–२ ले पराजित हुँदा उनले देखाएको खेल भावनाको सबैतिरबाट प्रशंसा भएको हो ।

उनी फाइनल खेल हेर्न जर्सीमै रंगशालामा उपस्थित भएकी थिइन् । फाइनल खेल फ्रान्ससँग हारेपछि बिक्षिप्त बनेका आफ्ना खेलाडीप्रति उनले देखाएको खेल भावना सबैतिरबाट प्रशंसा भएको छ । उनले खेल हेर्न उपस्थित भएका फ्रान्सका राष्ट्रपति मार्कनसँग पनि सहज वातावरणमा खेल हेरेकी थिए ।

दोस्रो स्थानको मेडल लिन आएका क्रोएसियन खेलाडीलाई उनले अंकमाल गरेर बधाइ दिएकी थिएन् । प्रशिक्षक र कप्तान लुका मोड्रिकसँग अंकमाल गर्ने क्रममा उनी भावुक बनेकी थिइन् ।

विश्वकपमा क्रोएसियाको समर्थनका लागि उनी इकोनोमी क्लासमा रसिया पुगेकी थिइन् । उनले क्रोएसियाको हरेक खेल सामान्य दर्शक बस्ने स्थानमा जर्सी लगाएर हेरेकी थिइन् । क्रोएसियाले फाइनल यात्रा तय गर्दा उनले खेलाडी तथा प्रशिक्षकलाई ड्रेसिङ रुपमै गएर खुसी साटासाट गरेकी थिइन् ।
हाल विश्वभरीका मिडिया र सामाजिक सञ्जालमा उनी छाएकी छन् ।

प्रतिक्रिया

nine + 14 =

Loading...