fbpx

ह्यारी केनलाई गोल्डेन बुट, मोड्रिकलाई गोल्डेन बल

कोशी अनलाइन
असार ३२, मोरङ, रुसमा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले पाएका छन् भने क्रोएसियाका लुका मोड्रिकले गोल्डेन बल पाएका छन् । २१ औं संस्करणको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पे भने उत्कृष्ट युवा खेलाडी घोषित् भएका छन् ।


२० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे ।

टिमले उपाधि जित्न असफल भए पनि क्रोएसियाली कप्तान मोड्रिकले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पुरस्कार पाए । रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याउने नायक मध्येका एक हुन् । उनले क्रोएसियाली टिमको नेतृत्व गरेका थिए ।

विश्वकपमा इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझायो । तर, उसका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनले सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट पुरस्कार पाए ।


यता तेस्रो स्थानमा चित्त बुझाएको बेल्जियमका गोलरक्षक थियागो कोट्वा विश्वकपको उत्कृष्ट गोलरक्षक बने ।

प्रतिक्रिया

nineteen − four =

Loading...