fbpx

फ्रान्स विश्वकप २०१८ को विश्वविजेता, क्रोएसियाविरुद्ध निकाल्यो सहज जित

कोशी अनलाइन
असार ३१, मोरङ, रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स विश्वकप २०१८ को विश्वविजेता भएको छ । यसँसगै फ्रान्सले विश्वकपको उपाधि उचालेको छ भने क्रोएसिया उपविजेता बनेको छ ।

मस्कोस्थित लुज्निस्की स्टेडियममा भएको खेलमा ग्रीजम्यान, पोग्वा र एम्बाप्पेले समान एक-एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।

तर, २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरि खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् ।

पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४-१ पारे । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४-२ पार्दै खेललाई रोमाञ्चक बनाए । तर थप गोल हुन नसकेपछी फ्रान्सले खेलमा जित हात पार्‍यो ।

प्रतिक्रिया

12 + 2 =

Loading...