फाइनल खेलः पहिलो हाफमा फ्रान्सको अग्रता, क्रोएसिया २–१ ले पछाडि

कोशी अनलाइन
असार ३१, मोरङ, रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले पहिलो हाफमा २–१ को अग्रता लिएको छ ।
मस्कोस्थित लुज्निस्की स्टेडियममा जारी खेलमा ग्रीजम्यानको फ्रीकिक प्रहारमा क्रोएसियाका मारियो मान्डुज्कीसले आत्मघाती गोल गरेपछि फ्रान्सले १–० को अग्रता लिएको थियो ।


ग्रीजम्यानलाई लडाएपछि फ्रान्सले फ्रीकीक पाएका थिए जसलाई ग्रीजम्यानले प्रहार गरे । खेलको १८ औं मिनेटमा नै फ्रान्सले १–० अग्रता लिएको थियो । यसैगरी यसअघि क्रोएसियाका पेरिसिकले गोल गरेपछि फ्रान्सविरुद्ध क्रोएसिया १–१ को बराबरीमा फर्किएको थियो । खेलको २८ औं मिनेटमा इभान पेरिसिकले भिडाको असिस्टमा गोल गरेका हुन् ।

यस्तै क्रोएसियाली खेलाडीले डी एरियामा फाउल गरेपछि फ्रान्सले पेनाल्टी प्रहार गर्ने मौका पायो । जसलाई ग्रीजम्यानले सदूपयोग गरे । उनले ३८ औं मिनेटमा गोल गरे र पहिलो हाफसम्ममा फ्रान्सलाई २–१ को अग्रता दिलाए ।

दुबै टोलीले आफ्नो पहिलो रोजाईका खेलाडी मैदान प्रवेश गराएका छन् । उपाधिको भिडन्तमा रहेको फ्रान्सले गोलकिपर लोरिसको कप्तानीमा खेल्दैछ भने क्रोएसियाले लुका मोड्रिकको कप्तानीमा खेल्दैछ ।

प्रतिक्रिया

Loading...