क्रोएसियाको आत्मघाती गोलमा फ्रान्सको अग्रता

कोशी अनलाइन
असार ३१, मोरङ, रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा ग्रीजम्यानको फ्रीकिक प्रहारमा क्रोएसियाका मारियो मान्डुज्कीसले आत्मघाती गोल गरेपछि फ्रान्सले १–० को अग्रता लिएको छ ।


मस्कोस्थित लुज्निस्की स्टेडियममा जारी खेलमा ग्रीजम्यानलाई लडाएपछि फ्रान्सले फ्रीकीक पाएका थिए जसलाई ग्रीजम्यानले प्रहार गरे । खेलको १८ औं मिनेटमा नै फ्रान्सले अग्रता कायम गर्यो ।

दुबै टोलीले आफ्नो पहिलो रोजाईका खेलाडी मैदान प्रवेश गराएका छन् ।
उपाधिको भिडन्तमा रहेको फ्रान्सले गोलकिपर लोरिसको कप्तानीमा खेल्दैछ भने क्रोएसियाले लुका मोड्रिकको कप्तानीमा खेल्दैछ ।

प्रतिक्रिया

Loading...