उपाधिका लागि भिड्दै गरेका फ्रान्स र क्रोएसियाको यस्तो छ सुरुवाती ११

कोशी अनलाइन
असार ३१, मोरङ, रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलका लागि फ्रान्स र क्रोएसिया प्रतिस्पर्धामा छन् । मस्कोस्थित लुज्निस्की स्टेडियममा अबको केहीबेर पछि सुरु हुन लागेको खेलमा यी दुईले आफ्नो पहिलो रोजाईका खेलाडी मैदान प्रवेश गराएका छन् ।


उपाधिको भिडन्तमा रहेको फ्रान्सले गोलकिपर लोरिसको कप्तानीमा खेल्दैछ भने क्रोएसियाले लुका मोड्रिकको कप्तानीमा खेल्दैछ । स्टार खेलाडीले भरिपूर्ण यी दुर्इ टोलीमध्ये फ्रान्सका लागि आज पाभार्ड, वराने, उम्टिटी, हर्नान्डेज, पाेग्वा, काँटे, म्याट्यूडी, ग्रीजम्यान, जिरर्ड र एम्वाप्पेले सुरुवाती ११ मा खेल्नेछन् ।

यसैगरी क्राेएसियाका लागि गाेलकिपरमा सुबासिकले खेल्नेछन् भने व्रसाल्जको, स्ट्रिनिक, लोवर्न, विडा, राकिटिक, मोड्रिक, ब्रोजोभिक, पेरिसिक, म्यान्डुकिस र रेबिकले सुरुवाती ११ मा खेल्ने भएका छन् ।

यस्तो छ यी दुईको सुरुवाती ११ः

प्रतिक्रिया

Loading...