इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकपको तेस्रो स्थान विजेता

कोशी अनलाइन
असार ३०, मोरङ, विश्वकपका तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डविरुद्धको २-० को जित निकाल्दै बेल्जियम तेस्रो स्थान विजयी भएको छ । खेलको चौथो मिनेट देखि नै अग्रता कायम गरेको बेल्जियमले दोस्रो हाफमा एक गोल थप्दै जित निकाल्यो ।

खेलको चौथो मिनेटमा थोमस म्यूनियले गोल गरे भने दोस्रो हाफमा कप्तान इडेन हाजार्डले गोल थपे । म्यूनियले नासेर चाड्लीको असिस्टमा गोल गरेका थिए भने हाजार्डले खेलको ८२ औं मिनेटमा डी ब्रुयेनको असिस्टमा गोल गरेका थिए ।

यससँगै इंग्ल्याण्ड रसिया विश्वकपको चौथो टोली भएको छ भने बेल्जियम तेस्रो भएको छ । भोलि हुने फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।

प्रतिक्रिया

Loading...