विश्वकप फुटबल पहिलोपटक हुँदैछ जाडाे महिनामा।

३० असार

काठमाडौं -सन २०२२ मा हुने फिफा विश्वकप फुटबल खेल इतिहासमै पहिलोपटक जाडाे महिनामा हुने भएको छ।कतारमा हुने चरम गर्मिकाे कारण माैसमलाई ध्यान दिँदै नाेभेम्बर र डिसेम्बर महिनामा हुन लागेकाे हाे।

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणा गरेसँगै यो घोषणापछि फिफा विश्वकप  फुटबल  इतिहासमै पहिलो पटक  जाडो महिनामा हुन लागेको हो ।

२१ अाै संस्करण मा अाईपुग्दा सबै संस्करण जुलाईमा हुँदै अाएका छन् तर अभभने सम्पुर्ण फुटबल क्लब टिमले अाफ्नाे फुटबल क्यालेन्डर परिवर्तन गर्नुपर्ने भएको छ।सन २०२२ मा हुने याे नै  ३२ टाेलि समावेश अन्तिम खेल हुनेर यश पश्चात् २०२६ मा हुने फिफा विश्वकपमा ४८ टिम समाबेश गराइने बताइएको छ।

‘आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ’, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा जियान्नी इन्फान्टिनोले भने, ‘सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्ने उज्यालो ले बताएको छ।

 

प्रतिक्रिया

Loading...