ऋषि धमलाको प्रस्तुतीमा रहेको ‘अनुराग’को पोस्टर सार्वजनिक, ऋषि पत्नि एलिजा र समुन्द्रले रोमान्स गर्ने

0

कोशी अनलाइन
असार २७, मोरङ, चर्चित पत्रकार ऋषिराज धमलाको प्रस्तुतीमा रहेको चलचित्र ‘अनुराग’को पोस्टर सार्वजनिक भएको छ । आउँदो असोज १२ देखि प्रदर्शनमा आउन लागेको सो चलचित्रमा ऋषि पत्नि एलिजा गौतम र नवनायक समुन्द्र पण्डितले रोमान्स गर्ने भएका छन् ।

चलचित्रमा एलिजा गौतम र समुन्द्र पण्डितका अलावा ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।

चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW