रोनाल्डो युभेन्ट्समा, रियल भन्छ, ‘रियल सधैं उनको घर हुनेछ’

0

कोशी अनलाइन
असार २७, मोरङ, विश्वका उत्कृट खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डो युभेन्टसमा अनुबन्ध भएको रियल मड्रिडले जनाएको छ । रियल मडिङडले आज मंगलबार नै एक विज्ञप्ती जारी गर्दै पाँचपल्ट विश्वका उत्कृष्ट खेलाडी घोषित् फरवार्ड रोनाल्डो रियल मड्रिडबाट इटालीको च्याम्पियन युभेन्ट्समा आबद्ध भएको जनाएको छ ।

रियलले विज्ञप्तीमा लेखिएको छ ‘रियल म्याड्रिडका लागि क्रिस्टियानो रोनाल्डो सधैं एक प्रतिनिधि पात्र रहनेछन् । उनी क्लबका लागि एक युगका संवाहक हुन्,’ क्लबले रोनाल्डोको इच्छाअनुसार ट्रान्सफर भएको उल्लेख गर्दै भनेको छ, ‘रियल सधैं उनको घर हुनेछ ।’

रोनाल्डो सन् २००८ मा म्यानचेस्टर युनाइटेड छाडेर तत्कालीन कीर्तिमानी रकम ८ करोड पाउन्डमा रियल पुगेका थिए । उनले रियालमा रहेर दुई लिग उपाधि र चार च्याम्पियन्स लिग जित्दै ४ सय ५१ गोलसहित क्लबका सर्वाधिक गोलकर्ताका रूपमा आफूलाई स्थापित गरे ।

ट्रान्सफर रकम सार्वजनिक नभए पनि स्पेनिस मिडियाका अनुसार रोनाल्डोले चारवर्षे सम्झौता गरेका छन् । उनलाई युभेन्ट्सले १० करोड युरो तिरेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW