प्रदेशका मन्त्रीहरु विराटनगरलाई स्थायी राजधानी बनाउने पक्षमा

0

गोपाल पोखरेल
कोशी अनलाइन
असार २७, मोरङ, सुनसरीको इटहरीमा प्रदेशसभा भवन सार्ने मुख्यमत्रीको सचिवालयको तयारीलाई चुनौती दिँदै प्रदेश न १ का सोही दलकै मन्त्रीहरुले विराटनगर नै स्थायी राजधानी हुने बताएका छन् ।


प्रदेश न.१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबोले विराटनगरलाई प्रदेशको राजधानी हुनबाट कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘अन्य जिल्लाको तुलनामा विराटनगर प्रदेशको राजधानी हुन उपयुक्त पूर्वाधार छ त्यसैले राजधानी र संसद भवन विराटनगर नै हुन्छ ।’

मन्त्री आङबोले धरान, इटहरी र धनकुटामा मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पर्क कार्यालय खोलेर जनताका समस्या सुन्ने र हलगर्ने तथा विकासका काम गर्नसक्ने बताउँदै प्रदेशको राजधानी विराटनगर हुने ठोकुवा गरे । उनले भने, ‘बृहत्त विराटनरको विकासको याजना बनाएका छौं । विराटनगरलाई विकास गरेर स्थायी मुकाम बनाउने छौ ।’

त्यसैगरी आन्तरिक मामीलामन्त्री हिक्मत कार्कीले पूर्वाधारले सम्पन्न ठाउँलाई नै प्रदेशको स्थायी राजधानी बनाउन माग गरे । उनले भने, ‘जहाँ भौतिक पूर्वाधारले सम्पन्न ठाउँ छ त्यो ठाँउ नै प्रदेशको राजधानी हुनु पर्छ ।’ मन्त्री कार्कीले घुमाउरो पारामा विराटनगरलाई नै प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने बिचार व्यक्त गरे ।
त्यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि विराटनगर नै प्रदेशको राजधानी हुनुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘स्थायी राजधानी तोक्नेकाम चाँडै हुन्छ । बिना आधार अस्थायी राजधानी तोकिएको होईन त्यसैले राजधानी विकेन्द्रीकरण गर्नु व्यवहारिक हुदैन ।’


मन्त्री घिमिरेले धेरै पटक विराटनगरलाई नै राजधानी बनाउनु पर्नेमा जोड दिँदै आएका छन् । तर, मुख्यमन्त्रीले भने यस विषयमा खुलेर बोलेका छैनन् । उनले प्रदेशको स्थायी राजधानीको विषयमा केहि बोल्न चाहेनन् ।
यता प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस प्रदेश नं १ का सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनेमा कुनै शंका नगर्न आग्रह गरे ।


प्रदेश सदस्यमा विजयी भएको हप्ता दिन नकट्दै अस्थायी राजधानी विराटनगर नभए सफत नलिने र संसद्भवनमा आत्मादाहा गर्ने चेतावनी दिएका कार्कीले विराटनगर स्थायी राजधानी हुने विश्वास व्यक्त गरे । उनलेभने, ‘एउटा पैनी बनाउन सक्ने आर्थिक क्षमता नराख्ने प्रदेश सरकारले भौतिक संरचना नभएको ठाउँमा कसरी राजधानी राख्न सक्छ ।’

विराटनगरका बौद्धिक व्यक्तित्वहरुले समेत सबैको भावना समेट्ने गरी प्रदेशको नामाकरण गरिनुपर्ने बताए । विराटनगरका बुद्धिजीवि देवी पन्थीले सगरमाथ प्रदेश नै १ नम्मर प्रदेशको नाम उपयुक्त भएको दावी गरे । बुद्धिजीवि देवी पन्थीले भने, ‘सबैको भावना समेटिने प्रदेश न.१ को नाम हुनु पर्छ ।’

 

 

 

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW